भ्रमण लायक ठाँउहरू लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
भ्रमण लायक ठाँउहरू लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

शुक्रवार, 23 फ़रवरी 2018

स्वर्गको टुक्रा फोखरा

Destination: Pokhara

Pokhara, the heaven of World is located in the center of Nepal and Kaski. Pokhara is approximately 200km west of the capital of Nepal “Katmandu”. This city is one of the most beautiful city of Nepal. Pokhara valley is the Second largest city of Nepal which is at the altitude of 727 meters to 980 meters. There are 3 highest peaks in the world and they are - Dhaulagiri, Annapurna, and Manaslu. It is full of natural beauties with the extensive range of Himalayas, lakes, historical temples, caves and scenic beauty of the green forest.

Pokhara Tours:

Day 1:
Most of the popular and peace lodge are available at the lakeside of Pokhara area and at Begnas Lake. First, you have to choose where you want to stop. If you start your trip at 7 o’clock from Sarangkot you can view the sunrise with the flavor of organic coffee locally available at Sarangkot. Sarangkot is the point for the paragliding also. You can make your trip through paragliding from Sarangkot to Phewa Lake. You can see the wide range of the Himalayas and the image of the Himalayas on the Phewa Lake. After then, you can take the launch at the traditional restaurant in Lakeside.
थप पढ्न यहाँ जानुहोस 

शुक्रवार, 23 मार्च 2012

मनमोहक धम्पुस

अधिकांश पर्यटक माछापुच्छ्रे हेर्न पोखरा जान्छन्। तर, माछापुच्छ्रेको असली दृश्यावलोकन गर्ने हो भने धम्पुसजस्तो राम्रो ठाउँ अरू कुनै छैन। माछाको पुच्छर आकारको टुप्पो भएकाले यसको नाम माछापुच्छ्रे भएको हो भनेर तपाईंले पढ्नुभएकै होला, धम्पुस जानुस् देख्नु पनि हुनेछ।

मंगलवार, 21 फ़रवरी 2012

बादशाह र तुरूपको एक्का

दुर्जेय चेतना


सबै भन्दा पहिले केही रमाइला र यथार्थ जापानी किस्साहरू भन्छु म..

एक पटक एउटा बेल्लौरे( बेलायती) कुकुरले सागाकै पार्कमा घुम्न गएको बेला मलाई बेस्करी भुक्यो। म एक सुरले हिँडिरहेको थिए, बेस्करी झस्किएँ। म कुकुर देखेर सानैबाट डराउने मान्छे। लामो सिक्रीमा बाँधेर डोराउँदै गरेकी बुढी आईमाईले मेरो अगाडि आएर तिन चार पटक निहुरिएर माफी मागिन्।


फुकोओका शहरमा हामी सपरिवार डुल्दै थियौँ। व्यस्त सडक र ठूला ठूला भवनहरूले हामीलाई आकर्षण गरिरहेको थियो। त्यहीनै भवनहरूलाई पृष्ठभूमिमा राखेर बाटोकै छेउमा हामी पालै पालो फोटो खिचिरहेका थियौ। फोटो खिची दिने अरू कोही नभएको ले हामीले सबै परिवारको फोटो एकै साथ खिच्न पाइरहेका थिएनौ। त्यसै बीच म परिवारको फोटो खिचिरहेको थिए, मेरो पछाडि छेउनेरै एक जना युवक उभिए। मैले उसको बाटो छेकेकी भनेर माफी मागेँ। उसले म सँग मेरो क्यामेरा मागेर, तपाइहरूको परिवारको फोटो म खिचि दिउँ भने र हाम्रो फोटो खिचिदिए। फोटो लिई सके पछि उनी मुसुक्क हाँसेर आफ्नो बाटो लागे।

जापान बसाइमा सबै भन्दा सजिलो साइकल। साइकल नभएको मान्छे र घर छैन भने पनि हुन्छ। ठूला

सोमवार, 6 फ़रवरी 2012

के सिकाउँछ विपश्यनाले

सुरज कुवँर

राम्रो राजनीति चेतना भएका एक अग्रजलाई मैले 'विपश्पना जाँदै छु' भन्दा उनले हकार्दै भनेका थिए, 'धत् ! क्षेत्रीको छोरा भएर, साधु हुन थाल्यौ कि क्या हो ?' उनले क्षेत्री शब्द उच्चारण गर्दै मलाई हो जस्तो लागेकै हो । तर, एकपटक भोगौं न कस्तो हुँदोरै'छ, 'साधु भए बालै भएन !' ठान्दै यसपटकको जाडो बिदामा उपत्यकाको उत्तरी भेगमा रहेको विपश्यना केन्द्र पुगें ।
सहरमा मेसिनजस्तो जीवन गुजारिरहेका युवायुवतीको जमात त्यहाँ भेटियो । १० दिन मौन व्रत बसेर अन्तरमन सफा गर्न आएका साधक/साधिकाहरूको भीडमा विदेशीहरू पनि थिए । सयजनाको भीडमा तीनपुस्ते उपस्थितिले मलाई विपश्नामा केही 'ग्य्राभिटी' छ, जसको मैले भरपूर उपयोग गर्न सक्नुपर्छ झैं भयो ।

चराले सास फेरेकै शैलीमा दस दिन चुप बसेर

गुरुवार, 8 दिसंबर 2011

जागीरे को दुधपोखरी यात्रा २

प्रथम भाग यता >>>>>

बाटामा धारोको चिसो पानी पिउदै मैले बोतलमा पानी भरें घाम प्रचण्ड थियो । पानी नभए अझ थकानले ग्रस्त हुने थिर्यौं । भैंसे बाट उकालो लाग्दै गर्दा हामीले बर पिलको रुख देख्यौं ठुला ठुला हाँगा बाट लहरा तल भुई सम्म झुलेको हामीलाई यो दृष्य पनि अचम्म लाग्यो हामीले मन थाम्न सकेनो र त्यही लहारा समाएर पिङ्ग खेल्न थाल्यौं । पिङ खेल्न मिलन हामी भन्दा अगाडी थियो । सायद यो टिममा बलियो बाङ्गो उही नै थियो ।  मैले बाल्यकाल संझन पुँगे हामीले दशैं तिहारमा मात्र खेल्ने गरेको पिङ्ग भन्दा अझ रमाईलो लाग्यो मलाई यो लहरामा झुल्नु । हामीलाई देखेर त्याहाका केटकेटीले रमाईलो मानेर तालि बजाई रहेका थिए । तिनले ठान्दा हुन हामी भन्दा बच्चाहरु रहेछन् शहरका मानिसहरु यति ठुलो भएर पनि बच्चाको झै लहरामा पिङ्ग खेलेका ! त्यो रमाईलो र कोलाहलमा मैले सम्झन लायकका २–४ स्न्याप फोटो लिए ।  हामी पिङ्ग छोडेर अगाडी बढ्यौ । बाटो भर्खर खनिएको जस्तो थियो मुल बाटो जस्तै भएकाले हामी त्यही बाटौ गयौ तर केहि पर पुगे पछि बाटो टुंगियो । एकातिर मादिको तिर भने अर्को तिर भिर थियो

रविवार, 4 दिसंबर 2011

जागीरे को दुधपोखरी यात्रा १

यात्रा संगैका तरङ्गहरु

    
विशाल गौतम

नयाँ नेपालको निर्माणको उपलब्धीपूर्ण दिन राजा ज्ञानेन्द्रलाई सरकारी भवन नारायणहिटी बाट निष्काशन लगायत नेपाललाई संघिय गणतन्त्र भनि घोषणा गर्ने दिन भएकाले पनि जेठ १५ हाम्रा लागी उत्सबको दिन थियो । हामी क्याम्पस संगै पढ्ने ४ जना साथीहरु भएर यसै अबसरको सदुपयोग गरेर संघिय गणतन्त्र नेपालको पहिलो दिन कास्कीको अन्नपूर्ण संरक्षण केन्द्रको सात दिने रुट भनिने सिक्लेस रुट हुँदै दुध पोखरीको पैदल यात्रा गर्ने निर्णय गरी १६ गते बिहान शिशुवा बाट प्रस्थान गर्यौं । यस पैदल यात्रालाई मैले भरपुर उपयोग गर्ने योजना बनाएको थिएँ । गणतान्त्रिक नेपालको बारेमा पाहाडी गाँउका जनताको बिचार बुझ्नु, गाँउको अवश्थाको जानकारी लिनु, ACAP को मनोरम दृष्यको अवलोकन र स्थानिय स्रोतको कसरी उपयोग भै रहेको छ, त्याँहाको आर्थीक र सामाजिक अबश्थाको बिष्लेशणात्मक अवलोकन साथै सुन्दैमा जाँउ जाँउ लाग्ने दुध पोखरीको रमणीयताको भरपुर रसपान गरेर उपयोग गर्ने मेरो योजना थियो । साथीहरुको आन्तरीक योजना पनि सायद यस्तै थियो होला । ३ दिन सम्म सार्बजनिक बिदा भएकाले हामी काम र पढाई बाट फुर्सद पाएकाले मख्ख थियौ । सायद जागिर खाए पछि बिदा बिधार्थी काल भन्दा प्यारो र महत्वपूर्ण भएको थियो मलाई ।
    म मख्ख परेको थिए एउटा शहरबाट (जुन काठमाण्डौको तुलनामा गाँउनै होला तर हाम्रो लागी शहरनै उपयुक्त शब्द होला) कास्कीको मनोरम गाँउ या भनौ अबिकसित ठाँउहरुको यात्रामा जाँदा शहरीया रवाफ देखाउदै जानुमा । दिपाङ्गको मनोरम दृष्य हेर्दै र पहिला भन्दा सानै तर ! दशक पछिको अन्तरमा ठुलो रुपमा दिपाङ्गलाई देख्न पाउदा हर्षित थिए । तर तालको जग्गा मिचेर खेती गरिएको जग्गा पुरै तालको नयाँ स्वरुपमा नअटेको देख्दा दुख पनि लागेको थियो । बिस्तारै आरुपाटा हुँदै र एफ एम को गिती ताल संगै हामी चियाको लागी आरुपाटाको स्कुल नजिकै चियाको चुस्की लिन होटलमा पस्यौँ । स्थानियहरु संग राजाको बर्हिगमन र गणतन्त्र घोषणा एवं माओबादीको नयाँ राज्य संरचनामा ४०-४५ प्रतिशतको हिस्सा ओगट्ने बाहुन क्षेत्रिको छुट्टै राज्य नभएको लगायतका बिषमा चलेका चर्चाहरुमा आ–आफ्नो मत राख्दै हामी अगाडी बड्यौं । कालिका पुगेपछि चकलेट खाँदै त्याहाबाट देखिनेतालहरु र हिमालको मनोरम दृष्य क्यामरामा कैद गर्दै हामी भैंसे सोझियौं । सानो बाटो बाट फराकिलो हुँदै मोटर गुड्ने सम्म भएको रहेछ कहिले मोटरबाटो त कहिले टारी टारी मकैका बारीहरु छिचोल्दै त कहिले बाटो बिर्सेर अन्तै आधा घण्टा सम्म उल्टो बाटो हिड्दै

गुरुवार, 1 दिसंबर 2011

घान्द्रुक



ढुङ्गाले छाएर चिटिक्क पारिएको चारपाखे घरको आँगनमा बसेर धवलागीरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमाललाई हेर्ने धोको बोकेर कास्कीको पर्यटकीय स्थल घान्द्रुक पुग्ने पर्यटकका लागी अब बदलिएको युरोपियन शैलिमा बनेका घरमा बसेर धोको पुरा गर्नु पर्ने बाध्यता आएको छ ।
     बिगत केहि बर्ष यस गुरुङ्ग गाँउमा सिमीत ब्यक्तिको स्वार्थका कारण आधुनिक कंक्रीटका युरोपियन शैलिका घर बनाउने होडबाजी चलेको छ ।
    बिदेशी पाहुना आएर बसेपछी भनेजति पैसा लिन त उनीहरु पाउछन तर मकै गहुँको परिकार बनाएर गुन्द्रुकको चटनी संग पर्यटकलाई खुवाउदाको पुरानो अनुभुती चाँही भुलेका छन् अहिले घान्द्रुक बासीले ।